ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु
khabarhub.com · Thu Nov 05 06:40:21 UTC 2026

काठमाडौँ – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग प्र ०४–००१ प ००४५ नम्बरको ट्रकले आँखा अस्पतालबाट मनोहरातर्फ जाँदै गरेको बा प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी तिमिल्सिनाको उपचारका क्रममा निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)