डेढ करोड जरिवाना तोकिएका प्रतिवादी कारागार चलान
ratopati.com · Thu Nov 05 06:50:53 UTC 2026

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा डेढ करोड जरिवाना र १ वर्ष कैद ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा घर भएका ४० वर्षीय सुबिन बैदारलाई बुधबार सीआईबीले पक्राउ गरेको हो ।
बनेपाबाट पक्राउ परेका बैदारलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई कारागार कार्यालय डिल्लीबजार चलान गरिएको सीआईबीका एसपी योगेन्द्रकुमार खड्काले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)