मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साढे ९ वर्षपछि आफ्नै भवनबाट सञ्चालनमा आयो जगरनाथपुर गाउँपालिकाको कार्यालय

annapurnapost.com · Thu Nov 05 06:49:52 UTC 2026

वीरगन्ज: पर्साको जगरनाथपुर गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याइएको छ।विगत साढे ९ वर्षदेखि वडा नम्बर ४ जगरनाथपुरस्थित मदरसाको भवनमा सञ्चालन हुँदै आएको गाउँ कार्यपालिकाको कार्यालय बुधबारदेखि नवनिर्मित प्रशासनिक भवनबाट सञ्चालनमा ल्याइएको हो।

बुधबार हिन्दू धार्मिक रीतिरिवाज अनुसार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले पूजापाठ गरेपछि पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य रमेश रिजालले नवनिर्मित दुईतक्के प्रशासनिक भवनको उद्घाटन गरे। उद्घाटनसँगै कार्यालयका दैनिक कामकाज पनि नवनिर्मित भवनबाटै सुरु गरिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)