चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शन नरोक्ने जाँचपास समितिको अडान
ratopati.com · Thu Nov 05 06:54:31 UTC 2026

काठमाडौँ । धार्मिक विषयवस्तुलाई लिएर विवादमा तानिएको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन नरोकिने भएको छ। बिहीबार बसेको चलचित्र जाँचपास समितिको बैठकले सेन्सर भइसकेको चलचित्रलाई निर्बाध रूपमा प्रदर्शन गर्ने वातावरण मिलाउने निर्णय गरेको हो ।
चलचित्र जाँचपास समितिका सदस्य मनोज पण्डितका अनुसार बैठकमा मुख्यतया तीनवटा विषयमा छलफल भएको थियो । पहिलो, समितिले प्रदर्शन अनुमति दिइसकेपछि उक्त चलचित्र प्रदर्शन गर्ने अधिकार चलचित्रकर्मीको हुने र समितिको विश्वसनीयता तथा गरिमा जोगाउनु राज्यको दायित्व हुने कुरामा समिति एकमत देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)