मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी निर्वाचनको प्रभाव र कच्चा तेलको मूल्य घट्दा भारतीय सेयर बजारमा भारी उछाल

clickmandu.com · Thu Nov 05 07:07:53 UTC 2026

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको विजयपछि बिहीबार भारतीय सेयर बजारमा उल्लेख्य तेजी देखिएको छ । प्रमुख बजार परिसूचकहरू सेन्सेक्स र निफ्टी झन्डै तीन महिनायताकै उच्च विन्दु नजिक पुगेका छन् ।

अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूको जितले इरानविरुद्ध अमेरिका र इजरायलले गरिरहेको युद्ध चाँडै अन्त्य हुनसक्ने आशा बजारमा जगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको आक्रामक भन्सार कर नीति र पश्चिम एसियाको युद्धका कारण यस वर्ष भारतीय बजार निकै दबाबमा परेको थियो । यस्तो अवस्थामा डेमोक्रेटहरूको पुनरागमनलाई लगानीकर्ताहरूले ट्रम्पका आर्थिक तथा सैन्य नीतिको विरुद्धमा आएको जनमतका रूपमा हेरेका छन् । त्यसले बजारको मनोबल ह्वात्तै बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)