मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

baahrakhari.com · Thu Nov 05 07:10:38 UTC 2026

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा बिहीबार बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग. प्र ०४–००१ प ००४५ नम्बरको ट्रकले मनोहरातर्फ जाँदै गरेको बा. प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)