जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
bishowkhabar.com · Thu Nov 05 07:16:32 UTC 2026

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सरकारी सहयोग तथा संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् ।
बेलायतको लन्डनमा बुधबार विश्व यात्रा तथा पर्यटन परिषद् (डब्लुटिटिसी) र संयुक्त राष्ट्रसङ्घीय पर्यटन संस्थाले आयोजना गरेको २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याएका जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)