तीन महिनामा खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान
ratopati.com · Thu Nov 05 07:23:18 UTC 2026

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४को पछिल्लो तीन महिनामा पूर्वाधार विकास मन्त्रालयबाट ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट यस आर्थिक वर्षको सुरुवाती तीन महिनामा मात्र ९२ वटा साना ठुला खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।
उनका अनुसार विभिन्न जिल्लाका १३ लाख ७२ हजार नागरिकलाई आगामी ३० महिनाभित्र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन कुल १७ अर्ब १५ करोड रुपैयाँ लागतका आयोजनाको ठेक्का आह्वान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)