हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी
barnanmedia.com · Thu Nov 05 07:21:44 UTC 2026

दक्षिण कोरियाले हर्मुज जलघाँटी आसपासको समुद्री मार्ग खुला राख्न गस्ती विमान, युद्धपोत र विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोली परिचालन गर्ने भएको छ । तर, इरानसँगको युद्धमा प्रत्यक्ष संलग्न नहुने नीति कायम राख्दै मिसनलाई गैरलडाकू भूमिकामा सीमित गरिने रक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले सोमालियाको एडनको खाडीमा व्यापारिक जहाजको सुरक्षामा खटिएको चेओङ्हे नौसैनिक एकाइको कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको छ । योन्हाप समाचार एजेन्सीका अनुसार मिसनमा पी–८ समुद्री गस्ती विमान, मानवरहित जलयान तथा पानीमुनि निगरानी गर्ने उपकरणसमेत परिचालन गरिनेछ । यसका लागि संसद्को स्वीकृति आवश्यक पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)