मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्चमा

himalpress.com · Thu Nov 05 07:28:02 UTC 2026

काठमाडौँ- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले पुनर्बहालीको मागसहित रिट निवेदन दिन लागेका हुन्।

अदालतको प्रशासनिक प्रक्रिया पूरा भई रिट दर्ता हुन भने बाँकी छ। सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपी पदबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। केसीले बुधबार नै दर्ज्यानी चिह्न ग्रहण गर्दै पदभार सम्हालिसकेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)