मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा महोत्तरी अध्यक्षमा रामनरेश मनोनित

gorkhapatraonline.com · Thu Nov 05 07:28:43 UTC 2026

लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी महोत्तरीको अध्यक्षमा रामनरेश राय मनोनित हुनुभएको छ ।

यसअघि पनि राय जसपा नेपालको जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो । मधेस प्रदेशका पूर्व मूख्यमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित तीन सदस्यीय समायोजन समितिले जसपा–लोसपा समायोजनपछि अध्यक्षमा रायलाई मनोनित गर्दै मधेश प्रदेश समितिसमक्ष सोको प्रतिवेदन बुझाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)