डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसँग चिकित्सक संघको माग
ratopati.com · Thu Nov 05 07:30:49 UTC 2026

काठमाडौँ । नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै आठ दिनदेखि २५औँ आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएकाले जीवन रक्षाका लागि तत्काल वार्ताको वातावरण बनाउन आग्रह गरेको हो ।
डा.केसीले उठाएका माग सम्बोधन गरी समस्याको समाधान खोज्न संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)