मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

arthasansar.com · Thu Nov 05 07:30:05 UTC 2026

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझै पनि जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ रुपैयाँ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १४ लाख नौ हजार ७५७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)