चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी
nepalviews.com · Thu Nov 05 07:20:05 UTC 2026

इटहरी । चिसो मौसमको कुनै प्रवाह थिएन । साँझ ढल्दै जाँदा इटहरी रंगशालामा मानिसहरूको चहलपहल बाक्लिँदै थियो । कोही साथीभाइसँगै आइपुगेका थिए, कोही परिवारसहित त कोही टाढाटाढाबाट मनपर्ने ब्यान्डको प्रस्तुति हेर्ने उत्साह बोकेर। चिसो सिरेटोबीच रंगशालामा जम्मा भएको भीडको प्रतीक्षा एउटै थियो– नेपथ्यलाई प्रत्यक्ष हेर्ने र अमृत गुरुङका गीतमा रमाउने ।
जब स्टेजमा नेपथ्यको आगमन भयो, चिसो मौसम एकाएक उत्साहको तापमा बदलियो। दर्शकको हुटिङ, ताली र चिच्याहटले रंगशाला गुञ्जायमान बन्यो। मञ्चबाट निस्किएको प्रकाशको झिल्को, धुवाँको मुस्लो र आकाशतिर सोझिएका शक्तिशाली प्रकाशपुञ्जले वातावरणलाई झनै रोमाञ्चक बनाइरहेका थिए । हजारौँ मोबाइलका बत्ती एकैसाथ बल्दा रंगशाला कुनै तारामय आकाशभन्दा कम देखिँदैनथ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)