कोरला नाकामा जमेको हिउँ र बरफ पन्छाउन सकस
gorkhapatraonline.com · Thu Nov 05 07:34:30 UTC 2026

नेपाल–चीन जोड्ने मुस्ताङको कोरला नाकामा जमेको हिउँ र बरफ पन्छाएर सडक आवागमन सहज बनाउन चुनौती भएको छ । तापक्रम घट्दै जाँदा सडकमा दैनिक हिउँ जमेर बरफ बन्न थालेपछि सवारीसाधनको आवागमन प्रभावित भएको हो ।
लोमान्थाङ गाउँपालिका–२ स्थित कोरला–छोसेर सडकखण्ड तथा दशगजा क्षेत्रको सडकमा दुई फिटसम्म हिउँ जमेको छ । साना सवारीसाधन र सामान बोकेका कन्टेनर आवतजावतमा समस्या भएपछि चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत झोङ्बा काउन्टीले गाउँपालिकाको आग्रहमा डोजर उपलब्ध गराएको छ । डोजरको सहायताले हिउँ र बरफ पन्छाएर सडक आवागमन सहज बनाइएको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)