चीनमा विद्युतीय विमानको सफल परिक्षण
ajakoartha.com · Thu Nov 05 07:44:00 UTC 2026

काठमाडौं - उदाउँदो अर्थतन्त्रको रुपमा चिनिएको चीनले पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा पनि अभुतपूर्व उपलब्धीहरु हासिल गर्दै गएको छ । हालै मात्र चीनको विद्युतीय ठाडो उडान तथा अवतरण (ईभीटीओएल) विमान निर्माता कम्पनी अटोफ्लाइटले पाँचवटा विमान एकसाथ उडाएर नयाँ उपलब्धि हासिल गरेको छ ।
चीनको पूर्वी जियाङ्सु प्रान्तको कुनसानमा कम्पनीले पाँचवटा ईभीटीओएल विमानको एकसाथ सफल उडान परीक्षण गरेको हो । पूर्ण रूपमा स्वचालित प्रणालीमार्फत गरिएको उक्त उडान ४७ मिनेटसम्म सञ्चालन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)