पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण
onlinekhabar.com · Thu Nov 05 07:47:33 UTC 2026

१९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् ।
बेलायत लन्डनमा ४ नोभेम्बर २०२६ मा ‘वर्ल्ड ट्राभल मार्केट’ (डब्लूटीएम) का अवसरमा विश्व यात्रा तथा पर्यटन परिषद् (डब्लूटीटीसी) र संयुक्त राष्ट्रसंघीय पर्यटन (यूएन टुरिज्म) को संयुक्त आयोजनामा सम्पन्न २०औं डब्लूटीएम मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुँदै पर्यटनमन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको गम्भीर प्रभावबारे नेपालको अनुभव प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)