डा. केसीका जायज माग सम्बोधन गर्न चिकित्सक संघको माग
baahrakhari.com · Thu Nov 05 08:01:05 UTC 2026

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका जायज मागहरू तत्काल सम्बोधन गर्न नेपाल सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवनरक्षाका लागि तुरुन्त वार्ताको वातावरण बनाउन आग्रह गरेको हो ।
“डा. गोविन्द केसी मिति २०८३ कात्तिक १२ गतेदेखि २५औँ आमरण अनशनमा बसिरहनुभएको छ र आन्दोलनको आठ दिन बितिसक्दा समेत सरकारले उहाँका मागहरूप्रति गम्भीरता नदेखाएकोमा संघकाे गम्भीर ध्यानाकर्षण भएको छ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)