मौसम खुलेसँगै किसानलाई धान भित्र्याउने चटारो
gorkhapatraonline.com · Thu Nov 05 08:03:50 UTC 2026

केही दिनदेखिको वर्षा रोकिएसँगै सोलुखुम्बुका किसानलाई पाकेको धान काट्न र थन्क्याउन चटारो परेको छ । जिल्लाका विभिन्न स्थानका खेतमा धान काट्ने र भित्र्याउने किसानको चहलपहल बढेको छ ।
जिल्लाको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुक्ली र देउसाललगायतका स्थानमा किसान धान थन्क्याउन व्यस्त छन् । सिँचाइको सुविधा भएको र रोगको प्रकोप नदेखिएको क्षेत्रमा धान उत्पादन सन्तोषजनक हुने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)