नेशनल मेडिकल कलेजमा अत्याधुनिक प्रयोगशाला उपकरण जडान
khabarhub.com · Thu Nov 05 08:09:20 UTC 2026

वीरगञ्ज – वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप छिटो, प्रभावकारी र विश्वसनीय बनाउन अत्याधुनिक प्रयोगशाला उपकरण सञ्चालनमा ल्याएको छ ।
अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार नयाँ उपकरणले जैविक रासायनिक, शरीरमा रहेका लवण तथा खनिज तत्त्व र प्रतिरक्षासम्बन्धी गरी तीन प्रकारका परीक्षण प्रणालीलाई एउटै उपकरणमा एकीकृत गरेको छ । अस्पतालका अनुसार यो उपकरण मधेस प्रदेशमै पहिलोपटक जडान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)