चिसो रातमा नेपथ्यको सांगीतिक ताप, दर्शकले भरियो इटहरी रंगशाला
hamrakura.com · Thu Nov 05 00:00:00 UTC 2026

इटहरी। चिसो मौसमको कुनै प्रवाह थिएन। साँझ ढल्दै जाँदा इटहरी रंगशालामा दर्शकको चहलपहल बाक्लिँदै थियो। कोही साथीभाइसँगै आएका थिए भने कोही परिवारसहित मनपर्ने ब्यान्डको प्रस्तुति हेर्न पुगेका थिए। सबैको प्रतीक्षा एउटै थियो- नेपथ्यलाई प्रत्यक्ष हेर्ने र अमृत गुरुङका गीतमा रमाउने।
जब स्टेजमा नेपथ्यको आगमन भयो, रंगशाला दर्शकको हुटिङ र तालीले गुञ्जायमान बन्यो। मञ्चबाट निस्किएको प्रकाश, धुवाँको मुस्लो र आकाशतिर सोझिएका प्रकाशपुञ्जले वातावरणलाई थप रोमाञ्चक बनाएका थिए। हजारौँ मोबाइलका बत्ती एकैसाथ बल्दा रंगशाला तारामय आकाशझैँ देखिन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)