मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

वहिष्कार र प्रदर्शन रोक्ने चेतावनीबीच शुक्रवारदेखि सिनेमा हलमा प्रदर्शन हुँदै ‘पाँच पाण्डव’

kalakarmi.com · Thu Nov 05 08:26:53 UTC 2026

काठमाडौं– विभिन्न विवाद तथा फिल्म प्रदर्शन रोकिन सक्ने चर्चाका बीच ‘पाँच पाण्डव’ को निर्माण टिमले आफ्नो फिल्म पूर्व निर्धारित मितिमै प्रदर्शन हुने स्पष्ट पारेको छ । निर्माण टिमले बुधवार एक विज्ञप्ति जारी गर्दै कात्तिक २० गते शुक्रवारदेखि देशभरका सम्पूर्ण सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने जानकारी दिएको हो ।

योसंगै पछिल्लो समय ‘पाँच पाण्डव’ लाई लिएर विभिन्न टीका–टिप्पणी तथा विवादका समाचार सार्वजनिक भइरहेका बेला निर्माण पक्षले फिल्मको प्रदर्शन नरोकिने प्रस्ट पारेको हो । निर्माण टिमले फिल्म प्रदर्शनबारे फैलिएका अन्योललाई चिर्दै दर्शकलाई पूर्वनिर्धारित मिति मै सिनेमा हलसम्म पुगेर फिल्म हेर्न आग्रहसमेत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)