सुनसरीमा कात्तिक २४ गते स्टोन स्किपिङ च्याम्पियनसिप हुने
ratopati.com · Thu Nov 05 08:31:16 UTC 2026
विराटनगर । जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन तथा मौलिक खेलको संरक्षण गर्ने उद्देश्यले सुनसरीको बराहक्षेत्रमा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।
बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित तीनटोलिया पोखरीमा आगामी कात्तिक २४ गते गोवर्द्धन पूजाका दिन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चतरा हाइकिङ समूहले जनाएको छ । प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)