प्रतिशोध होइन, कार्यसम्पादनका आधारमा बढुवा र सरुवा हुन्छ : आईजीपी केसी
reportersnepal.com · Thu Nov 05 08:43:43 UTC 2026

१९ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी संगठनभित्र प्रतिशोधपूर्ण व्यवहार नगर्ने र कर्मचारीको बढुवा तथा सरुवा कार्यसम्पादनका आधारमा गर्ने बताएका छन् ।
आईजीपीको दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी प्रधान कार्यालय पुगेर मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले संगठनभित्र व्यक्तिगत विषयलाई जोड्न नहुने स्पष्ट पारे । उनले कुनै पनि प्रहरी कर्मचारीमाथि पूर्वाग्रह वा प्रतिशोध राखेर व्यवहार नगरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)