स्वदेशी लगानीकर्तालाई खुसी नपारेसम्म विदेशी लगानी भित्र्याउन सकिँदैन : अध्यक्ष श्रेष्ठ
ratopati.com · Thu Nov 05 09:03:06 UTC 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकमा बाह्य लगानी आकर्षित गर्न सर्वप्रथम स्वदेशी निजी क्षेत्र र स्थानीय लगानीकर्तालाई उत्साहित बनाउनुपर्ने बताएका छन् । ‘नेपाल पूर्वाधार सम्मेलन’ को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले स्वदेशी व्यवसायीको मनोबल नबढेसम्म विदेशी लगानी आउन नसक्ने स्पष्ट पारेका हुन्।
संसद्मा सांसदले व्यक्त गरेको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘घरका कुलदेवतालाई खुसी नपारेसम्म बाहिरका देवता भित्र्याउन सकिँदैन । त्यसैले सरकारले पहिले मुलुकभित्रकै निजी क्षेत्रलाई ढुक्कसँग काम गर्ने वातावरण, प्रोत्साहन र उत्प्रेरणा दिनुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)