मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुजमा ‘माइनसँग ठोक्किएर’ दुई ट्यांकर र टगबोटमा आगलागी

baahrakhari.com · Thu Nov 05 09:00:01 UTC 2026

काठमाडौं । इरानले होर्मुज जलमार्गमा अनधिकृत मार्गबाट गुज्रने प्रयासका क्रममा दुई तेल ट्यांकर र एउटा टगबोटमा आगलागी भएको जिकिर गरेको छ । ती जहाज समुद्री बारुदी सुरुङ (माइन)सँग ठोक्किएको इरानले जनाएको छ ।

इरानी इलेक्ट्रोनिक वारफेयर युनिटले दुई अमेरिकी ‘लुकास’ ड्रोन नियन्त्रणमा लिइएको पनि जनाएको छ । इरानको समाचार एजेन्सी फार्स ले इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)लाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)