मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कालानमक धान उत्पादनप्रति किसानको आकर्षण

gorkhapatraonline.com · Thu Nov 05 09:22:37 UTC 2026

हराउँदै गएको कालानमक धानको खेतीप्रति पछिल्लो समयमा बाँके जिल्लामा किसान आकर्षित हुँदैगएका छन् । सुगन्धित र स्वादिलो मानिने परम्परागत कालानमक धानको संरक्षणका लागि व्यावसायिक खेती गर्न सुरु गरिएको हो ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख डा. विनोद घिमिरेले रैथाने बाली संरक्षण तथा प्रवर्धन कार्यक्रमअन्तर्गत कालानमक धानको संरक्षणमा बिशेष जोड दिइएको जनाउँदै महँगो मूल्यमा विक्री हुने भएकाले पछिल्लो समय यसको खेती गर्नेहरु बढ्दैगएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)