कारोबारसँगै घट्यो सेयर बजार, ५६ कम्पनीको मूल्य बढ्यो
onlinekhabar.com · Thu Nov 05 09:30:38 UTC 2026

१९ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम भएको छ ।
अघिल्लो दिन नेप्से १.४० अंक बढेको थियो । कारोबार सुरु भएपछि २ मिनेटसम्म बजारले बढ्ने संकेत देखाएपनि त्यसपछि दिनभर बजार रातो अंकमा रह्यो । कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७२ करोडको भयो । ५६ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने १२ को स्थिर रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)