बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले पदभार, आन्तरिक सुशासन र पहुँच विस्तारमा जोड
clickmandu.com · Thu Nov 05 09:39:20 UTC 2026

काठमाडाैं । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले आज पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्दै उनले प्राधिकरणका कर्मचारीहरूलाई आन्तरिक सुशासन कायम राख्न र देशभर बीमाको पहुँच विस्तारमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
सरकारले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)