मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दानबहादुर कार्कीले सुरक्षा सल्लाहकारको नियुक्ति पत्र बुझेका छैनन्, कार्यालय पनि गएनन्

nepalpress.com · Thu Nov 05 09:40:37 UTC 2026

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले बुधवार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिँदै डा. मनोजकुमार केसीलाई महानिरीक्षक नियुक्त गर्‍यो । तर, कार्कीले बिहीबार दिउँसोसम्म न नियुक्ति पत्र बुझेका छन्, न त कार्यालयमा हाजिर नै भए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले कार्की कार्यालय नआएको बताए । उनले सुरक्षा सल्लाहकारको नियुक्ति पत्र पनि नबुझेको अर्याल बताउँछन् । ‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि निर्णयबमोजिमको नियुक्ति पत्र दिने प्रचलन छ, पत्र त तयार होला, उहाँले बुझ्नलाई पनि आउनु भएको छैन’, अर्यालले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)