मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन भेटेको तस्बिर सार्वजनिक गर्न रोक

rajdhanidaily.com · Thu Nov 05 09:35:37 UTC 2026

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग भेटवार्ता गरेका छन् ।बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मिश्रीले भेटवार्ता गरेका हुन्। भेटका क्रममा के के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक गरिएको छैन।

विगतमा प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको भेट’bout तस्बिरसहित सूचना दिने गरेको थियो । तर मिश्रीसँगको भेट’bout केही सार्वजनिक गरिएको छैन । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी बुधबार नेपाल आएका हुन् । मिश्री आजै नयाँ दिल्ली फर्किने छन् । प्रधानमन्त्री शाहको मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारीका लागि मिस्री नेपाल आएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)