तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर
rajdhanidaily.com · Thu Nov 05 10:06:05 UTC 2026

काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उपलब्ध विवरणअनुसार विशेष अदालत, काठमाडौँले यादवलाई दोषी ठहर गरेको हो।
उनीमाथि सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिएको अभियोग थियो। अदालतले उनलाई ६ महिना कैद, बिगो बराबरको जरीविना तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)