एलन मस्कले करोडौँ चन्दा दिएका प्याक्सटन टेक्सासमा पराजित
baahrakhari.com · Thu Nov 05 10:04:28 UTC 2026

काठमाडौं । अमेरिकाको टेक्सासमा रिपब्लिकन उमेदवार केन प्याक्सटनलाई पराजित गर्दै सिनेटमा विजयी भएका डेमोक्रेटिकका जेम्स टालारिकोले आफ्नो जित अर्बपति एलन मस्कका निम्ति स्पष्ट सन्देश भएको बताएका छन् । प्याक्सटनको चुनावी अभियानमा मस्कले ठूलो रकम लगानी गरेका थिए ।
टालारिकोले टेक्सास बिकाउ नभएको भन्दै राज्य र देशको वास्तविक शक्ति जनतामा रहेको बताए । उनले प्याक्सटनको पराजय चुनावी चन्दा प्रणाली सुधार्ने र सरकारलाई स्वच्छ बनाउने जनताका पक्षमा रहेको उल्लेख गरे । ठूला दाताको अनुचित राजनीतिक प्रभाव रोक्नुपर्ने सन्देश निर्वाचन परिणामले दिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)