मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाँझो जमिनमा ढकमक्क फूल, ६ लाख आम्दानी गर्ने लक्ष्य

annapurnapost.com · Thu Nov 05 10:01:45 UTC 2026

तानसेन : बाँझो र प्रयोगविहीन जमिनलाई सदुपयोग गर्दै कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ का आमा ईन्दिरा कोईराला र छोरा खिमराज कोइरालाले प्रस्तुत गरेका छन्। उनीहरूले चार रोपनी बाँझो जमिनमा व्यावसायिक फूल खेती सुरु गरेर यस वर्षको तिहार तथा दीपावलीको मौसममा करिब ६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्।

रैनादेवी छहरा गाउँपालिका–२ मा रहेको धर्तीमाता कृषि फार्ममार्फत कोइराला दम्पतीले फूल खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएका हुन्।उनीहरूले विशेषगरी तिहार र दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गरेका छन्। चाडपर्वमा फूल तथा मालाको माग बढी हुने भएकाले सोही समयलाई लक्षित गरेर उत्पादन र बजारीकरणको योजना बनाइएको सञ्चालक खिमराज कोइरालाले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)