दीपावली र छठका लागि कुम्हाल समुदाय माटोका सामग्री बनाउन व्यस्त (फोटो फिचर)
ratopati.com · Thu Nov 05 10:15:00 UTC 2026

जनकपुरधाम । दीपावली र छठ पर्व नजिकिएसँगै मिथिलाञ्चलमा चहलपहल बढेको छ । बजारमा किनमेलको भिड बढ्दै गर्दा जनकपुरधाम उपमहानगरपालिका–२४, बसहियाका कुम्हाल समुदायलाई भने माटोका सामग्री बनाउन भ्याइ–नभ्याइ छ । दीपावली र छठमा प्रयोग हुने दियो, कलश, ढकना, कुरवार र माटोका हात्ती बनाउन यहाँका कुम्हाल परिवार बिहानदेखि रातिसम्म व्यस्त हुने गरेका छन् ।
बसहियामा रहेका करिब ४० कुम्हाल परिवारका लागि चाडपर्वको यो समय वर्षभरिकै सबैभन्दा व्यस्त र आम्दानी हुने सिजन हो । अन्य समयमा माटोका सामग्रीको माग र बिक्री न्यून हुने भए पनि दीपावली तथा छठ नजिकिएसँगै माग बढ्ने भएकाले उनीहरूलाई कामको चटारो परेको छ । परिवारका सबै सदस्य कोही माटो मुछ्न, कोही चक्रमा सामग्रीको आकार दिन, कोही सुकाउन त कोही पकाउन र रङरोगन गर्न व्यस्त देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)