‘६ माया छपक्कै २’ का निर्माताले डुबाए डेढ करोड ! दीपकराजसँग असन्तुष्ट
nepalpress.com · Thu Nov 05 10:17:03 UTC 2026

काठमाडौं । दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै २’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार चलचित्रले अहिलेसम्म झण्डै साढे तीन करोड मात्र कलेक्सन गरेको छ ।
धेरैले यो चलचित्र दीपकराज गिरीले निर्माण गरेको ठानेका छन् । तर वास्तविक लगानीकर्ता भने रोहित अधिकारी हुन् । सफल अभिनेता दीपकराजले मुनाफाको हिस्सा लिने गरी अधिकारीसँग सहकार्य गरेका थिए । यसअघि हिट भएको चलचित्र ‘छ माया छपक्कै’ को सिक्वेलका रूपमा यसको निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)