मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नरेश भट्टको अदालतमा बयान र ममता काफ्ले प्रकरणको थप विवरण

barnanmedia.com · Thu Nov 05 10:31:34 UTC 2026

अमेरिका । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या र शव बेपत्ता पारेको अभियोग सामना गरिरहेका उनका पति नरेश भट्टले अदालतमा आफैँ साक्षीका रूपमा उपस्थित भएर बयान दिएका छन्। सुनुवाइका क्रममा उनले ममतासँगको वैवाहिक सम्बन्ध बिग्रिएको स्वीकार गर्दै आफूले उनलाई भावनात्मक तथा मानसिक तनाव दिएको बताएका छन्। यद्यपि, उनले आफूले ममतामाथि कुनै शारीरिक हिंसा नगरेको दाबी गरेका छन्।

अदालतमा बयान दिने क्रममा नरेशले आफूहरूबीच निरन्तर विवाद हुने गरेको, सम्बन्धविच्छेदको धम्की दिने गरेको र ममताले पनि आत्महत्याको धम्की दिने गरेको बताएका थिए। उनले वैवाहिक सम्बन्धमा समस्या रहेको स्वीकार गरे पनि हत्या गरेको आरोप भने अस्वीकार गर्दै आफू निर्दोष रहेको जिकिर गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)