अझै सञ्चालनमा आएन आठपहरियाको सङ्ग्रहालय
reportersnepal.com · Thu Nov 05 11:11:20 UTC 2026

धनकुटा, १९ कात्तिक । कुनै समुदायको पहिचान उसको भाषा, वेशभूषा, संस्कार, संस्कृति र जीवनशैलीमा लुकेको हुन्छ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका यिनै मौलिक सम्पदाले समुदायको इतिहासलाई जीवन्त बनाउँछन् तर समय परिवर्तनसँगै परम्परागत जीवनशैली हराउँदै जान थालेपछि त्यसको संरक्षण र अभिलेखीकरण चुनौतीपूर्ण बन्दै गएको छ ।
यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले धनकुटामा निर्माण गरिएको आठपहरिया सङ्ग्रहालयको भवन तयार भएको छ । यद्यपि, भवन तयार भए पनि त्यसले समुदायको इतिहास र संस्कृति बोकेको सामग्रीलाई कहिले सर्वसाधारणसामु प्रस्तुत गर्ने भन्ने अन्यौल रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)