मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जग्गा नामसारी गरिदिने भन्दै १ लाख घुस लिने नायब सुब्बा पक्राउ

kendrabindu.com · Thu Nov 05 11:25:21 UTC 2026

काठमाडौं । मोही कायम भएका जग्गा नामसारी गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, मलंगवा सर्लाहीका नायब सुब्बा निर्मल तिमल्सिना पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार जग्गा नामसारी गराउने प्रयोजनका लागि घुस मागेको र एक लाख रुपैयाँ लिइसकेको अवस्थामा आयोगको टोलीले तिमल्सिनालाई नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)