दुईसय ६९ घरधुरीले पाए जग्गाधनी पुर्जा
gorkhapatraonline.com · Thu Nov 05 11:31:26 UTC 2026

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दुईसय ६९ घर जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी रूपमा जग्गाको स्वामित्व प्रमाणित गर्ने कागजातबाट वञ्चित स्थानीयवासीले बिहीबार लालपुर्जा प्राप्त गरेका हुन् ।
कृष्णनगर नगरपालिका र नापी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा गाउँब्लक जग्गाधनीलाई लक्षित गरी लालपुर्जा वितरण कार्यक्रम आयोजना गरिएको हो । नगरपालिका वडा १, ७ र ९ अन्तर्गतको २६९ घर जग्गाधनीलाई वडा नं. ९ को कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमाणपुर्जा वितरण गरिएको नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)