मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कागजातमा तोकिएभन्दा बढी माछा बोकेको ट्रकलाई नियन्त्रणमा

gorkhapatraonline.com · Thu Nov 05 11:48:02 UTC 2026

भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएकोभन्दा बढी माछा लोड गरी ल्याइएको पाएपछि पर्सा प्रहरीले एक मालवाहक ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयलमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार विशेष सूचनाका आधारमा बुधबार राति वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ अन्तर्गतको आईसीपी सडकबाट माछा लोड गरेको प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)