मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरायसी विवादमा ससुराली पुगेर श्रीमतीमाथि छुरा प्रहार गर्ने श्रीमान् पक्राउ

annapurnapost.com · Thu Nov 05 11:45:00 UTC 2026

सिमरा : घरायसी विवादलाई लिएर श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुषलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका-७ जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन्।

अंसारीलाई वीरगन्ज महानगरपालिका-१६ स्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अंसारीले मंगलबार बिहान जीपुरसिमरा उपमहानगरपालिका-२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती गुल्सान अंसारीमाथि छुरा प्रहार गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)