मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगरको ब्याटिङ लाइन ध्वस्त, १० ओभरमै गुमायो ७ विकेट

ratopati.com · Thu Nov 05 12:12:52 UTC 2026

काठमाडौँ । टस हारेर काठमान्डु गुर्खाजविरुद्ध ब्याटिङ थालेको विराटनगर किंग्सको ब्याटिङ लाइन धर्मराएको छ । विराटनगरले १० ओभर सकिँदा ७ विकेट गुमाइसकेको छ भने ४० रनको आँकडा पनि छुन सकेन ।

उसका ओपनर ब्याटर शेहान जयसूर्याले ८ बलमा १ चौका प्रहार गर्दै ५ रन बनाएर जहान्दाद खानको बलमा रसिद खानद्वारा क्याच आउट भए । त्यसपछि लोकेश बमले १० बल खेल्दै १ चौकासहित ६ रन बनाए र शहाब आलमको बलमा जहान्दाद खानको हातबाट क्याच भए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)