मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको आधिकारिकता विवादमा एक सुका पनि लेनदेन भएको छैन : गगन थापा

aarthiknews.com

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै आर्थिक लेनदेन र अनुचित काम नभएको दाबी गरेका छन्। इनम सापकोटासँग जोडेर सार्वजनिक भएको अडियोबारे निष्पक्ष अनुसन्धान गर्न माग गर्दै उनले पार्टी र नेतृत्व सबै प्रकारका छानबिनका लागि तयार रहेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत श्रव्य सामग्री सार्वजनिक गर्दै थापाले कांग्रेसको आधिकारिकताको राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक कारोबार नभएको स्पष्ट पारे। ‘रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,’ उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)