विद्यार्थी राजनीतिदेखि प्रवासी नेतृत्वसम्म : सायम मुडभरी नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको संयोजकमा मनोनित
news24nepal.tv · Thu Nov 05 11:55:42 UTC 2026

नुवाकोट । जन्मभूमि नुवाकोट, कर्मभूमि अष्ट्रेलिया । भौगोलिक दूरीले मानिसलाई आफ्नो माटोबाट टाढा पुर्याउन सक्छ, तर विचार, आस्था र मातृभूमिप्रतिको सम्बन्धलाई कहिल्यै टाढा बनाउन सक्दैन । यही भावनालाई आत्मसात् गर्दै नेपाली राजनीतिमा साढे दुई दशकदेखि सक्रिय रहँदै आएका नुवाकोटका सायम (सुदिप) मुडभरीले प्रवासमा नेपाली कांग्रेसको संगठनात्मक नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–३, कुमरी निवासी तथा हाल अष्ट्रेलियामा रहेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय मुडभरी नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको संयोजकमा मनोनित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)