धन-तेरस: मेषदेखि मीनसम्मका राशिले के किन्दा हुन्छ शुभ ?
kalakarmi.com · Thu Nov 05 12:09:18 UTC 2026

काठमाडौं– यो वर्षको तिहार (दीपावली) भोलि कात्तिक २० गते शुक्रवारदेखि प्रारम्भ हुँदैछ । शुक्रवार धन–तेरससँगै यो वर्षको तिहार पर्व प्रारम्भ हुन्छ । कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने धन तेरसलाई सुख, समृद्धि तथा आरोग्यको प्रतीकका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार यसै दिन भगवान् धन्वन्तरि हातमा अमृत कलश लिएर समुद्रबाट प्रकट हुनु भएको थियो ।
धन तेरसका दिन सुन, चाँदी, भाँडाकुँडालगायतका सामग्री खरिद गर्ने परम्परा छ । यस दिन गरिएको किनमेलले वर्षभरि घरमा सुख, समृद्धि र वैभव कायम रहने विश्वास गरिन्छ । ज्योतिषविदहरुका अनुसार प्रत्येक राशिको एक स्वामी ग्रह हुन्छ र हरेक ग्रहको सम्बन्ध फरक–फरक धातु, रङ तथा वस्तुसँग जोडिएको हुन्छ । त्यसैले धन तेरसका दिन आफ्नो राशिअनुसार सामग्री खरिद गर्दा धन, समृद्धि तथा आरोग्यको आशीर्वाद प्राप्त हुने ज्योतिषीय मान्यता छ । आउनुहोस्, मेषदेखि मीन राशिसम्मका व्यक्तिले यो वर्षको धन तेरसमा कुन वस्तु खरिद गर्नु शुभ मानिन्छ भन्ने जानौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)