मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीन र बङ्गलादेशले गरे आर्थिक सहयोग विस्तार गर्ने सम्झौता

bishowkhabar.com · Thu Nov 05 12:13:50 UTC 2026

काठमाडौं– चीन र बङ्गलादेशबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी तथा आर्थिक सहयोग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बङ्गलादेशको बागेरहाटस्थित मोङ्गलामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

बङ्गलादेशको इन्भेस्ट बङ्गलादेश र चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) बीच भएको समझदारीपत्रमा इन्भेस्ट बङ्गलादेशका औद्योगिक क्षेत्र विभागका सदस्य सालेह अहमद र चिनियाँ पक्षबाट चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनका अध्यक्ष ली चोङयाङले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा इन्भेस्ट बङ्गलादेशका अध्यक्ष अशिक चौधरी र सीआरसीसीका अध्यक्ष दाइ हेगेन पनि उपस्थित थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)