ट्राफिक लाइटबारे सचेतना कार्यक्रम
gorkhapatraonline.com · Thu Nov 05 12:05:39 UTC 2026

भरतपुर महानगरपालिकाका विभिन्न ६ स्थानमा ट्राफिक लाइट जडान गरी परीक्षण भइरहेको समयमा सडक प्रयोगकर्तालाई यसको प्रयोग र ट्राफिक नियमबारे जानकारी दिन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना र पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले बुधबार बिहान भरतपुरको चौबिसकोटीमा कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)