मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रत्नमन्दिर सहितको जग्गा लिज प्रकरणमा पोखराका मेयरले भने–  यो सर्वोच्चको आदेश विपरीत हो

ratopati.com · Thu Nov 05 12:22:50 UTC 2026

पोखरा । नेपाल ट्रस्टले फेवाताल किनारस्थित रत्न मन्दिर, हिमागृह र बाराहीघाट लगायतका बहुमूल्य जग्गा ३० वर्षका लागि निजी क्षेत्रलाई लिजमा दिने प्रक्रिया अघि बढाएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विरोध गरेका छन् ।

उनले सर्वोच्च अदालतको आदेश र महानगरपालिकाको मापदण्ड विपरीत ट्रस्टले लिज दिन लागेको भन्दै उक्त लिज प्रक्रियामा सहभागी नहुन आह्वान गरेका छन् । आचार्यले कानुनी तथा प्राविधिक रूपमा निर्माण गर्न नमिल्ने ठाउँमा लिज लिएर लगानी गरे भविष्यमा हुने क्षतिको जिम्मेवार लगानीकर्ता स्वयं हुनुपर्ने चेतावनी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)