नेपालको जनकपुरदेखि इण्डियाको अयोध्यासम्म विशेष रेल सेवाको परीक्षण सञ्चालन
corporatenepal.com · Thu Nov 05 12:02:26 UTC 2026

काठमाडौँ । नेपालको जनकपुरधामदेखि इण्डियाको अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको परीक्षण सञ्चालन गरिएको छ । दुई इञ्जिन र सात बोगी भएको इण्डियन रेल सेवाले जयनगरदेखि जनकपुरधामको कुर्था स्टेसनसम्म रेल सेवा परीक्षण गरेको हो ।
आज बिहीबार बिहान ११ बजे रेल जनकपुरधाम आइपुगेको थियो । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ । परीक्षणका लागि आएको रेलमा इण्डियनमने इस्ट सेन्ट्रल रेल्वे हाजिपुरका एडिसनल जेनरल म्यानेजर अमरेन्द्र कुमार, रेल्वेको लिक अप्रेसन म्यानेजर, चिफ सेक्युरिटी कमान्डरसहितको टोली आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)